स्पष्टीकरणबारे खनाल–नेपाल समूहले ओलीलाई उल्टै प्रश्न सोध्ने 

स्पष्टीकरणबारे खनाल–नेपाल समूहले ओलीलाई उल्टै प्रश्न सोध्ने 

काठमाडौं : नेकपा एमाले झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आफ्ना समूहका चार नेतालाई सोधिएको स्पष्टीकरणबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न सोध्ने भएको छ। 

पार्टी अध्यक्ष ओली समूहले आज स्पष्टीकरणबारे पत्र पठाएपछि खनाल–नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक छलफलमा अध्यक्ष ओलीलाई प्रश्न सोध्ने सहमति भएको उपमहासचिव घनश्याम भुसालले जानकारी दिए। 

‘हामीसँग उहाँले सोधेको प्रश्नभन्दा हामीले उहाँसँग सोध्ने धेरै कुरा छन्। हामी उहाँसँग ती कुरा सोध्छौं,’ स्पष्टीकरण सोधिएपछि भएको छलफलबारे उनले भने। 

नेकपा एमालेको ओली समूहले गुटगत÷समूहगत गतिविधि गरेको भन्दै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो। 

चैत ९, २०७७ सोमबार २३:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।