माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने, सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने, सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुने

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि (मंगलबार) बोलाएको छ। 

कोटेश्वरस्थित पेरिसडाँडामा भोलि बिहान साढे ८ बजे बैठक बस्ने स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले जानकारी दिए। बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनलगायत बारे छलफल हुने उनले बताए। 

‘बैठकमा सरकारलाई दिएको समर्थन फिर्ताबारे छलफल हुनेछ। तर, निर्णय हुन्छ कि हुँदैन, थाहा छैन,’ उनले भने। 

माओवादी केन्द्रले समर्थन फिर्ता लिएको अवस्थामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने छ। 

चैत ९, २०७७ सोमबार २१:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।