प्रतिनिधिसभा बैठक भोलि बस्ने, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची 

प्रतिनिधिसभा बैठक भोलि बस्ने, प्रधानमन्त्रीले वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची 

काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशन अन्तर्गतको पाँचौं बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ। 

सिंहदरबारस्थित संघीय संसद्को सचिवालयका अनुसार भोलिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

बैठकमा ‘न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ र ‘महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन’ पेस गर्ने छन्।  

यस्तै, बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले ‘उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने संघीय संसद्को सचिवालयले जनाएको छ।

चैत ९, २०७७ सोमबार २०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।