मंगलबार २४ चैत, २०८२
२०७८ सालमा चार दिन बिदा थप
काठमाडौं : सरकारले २०७८ सालमा चार दिन बिदा थप्ने भएको छ।
गृह मन्त्रालयले आज (सोमबार) राजपत्रमा सूचना प्रकाशन गरी विभिन्न पर्व र दिवसमा बिदा थपेको हो। जसअनुसार गणतन्त्र दिवस, जनैपूर्णिमा, घटस्थापना र माघे संक्रान्तिमा बिदा दिइने भएको छ।
यसअघि ती दिन बिदा कटौती गरिएका थिए।
सरकारले आगामी वर्ष ४३ दिन (शनिबारबाहेक) बिदा तोकेको सूचनामा उल्लेख छ।
चैत ९, २०७७ सोमबार १८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।