२४ घण्टामा देशभर १५० जनालाई कोरोना संक्रमण, ३ को मृत्यु
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर १ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ।
यस्तै, पछिल्लो २४ घण्टामा थप ९९ जना कोराना संक्रमणमुक्त भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार २० छ।
यसैगरी, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर तीन जनाको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १९ पुगेको छ।
चैत ९, २०७७ सोमबार १७:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।