भारतमा २४ घण्टामा ४७ हजार जनामा कोरोना संक्रमण 

भारतमा २४ घण्टामा ४७ हजार जनामा कोरोना संक्रमण 

काठमाडौं : भारतमा पछिल्लो २४ घण्टामा झण्डै ४७ हजार जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ। 

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ४६ हजार ९ सय ५१ जनामा कोरोना संक्रमण देखिएको हो। योसँगै भारतमा कूल संक्रमितको संख्या १ करोड १६ लाख ४६ हजार ८१ पुगेको मन्त्रालयले जनाएको छ। 

उक्त अवधिमा २ सय १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै त्यहाँ कोरोना संक्रमणका कारण मृत्यु हुनेको संंख्या १ लाख ५९ हजार ९ सय ६७ पुगेको छ। 

यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा २१ हजार १ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म त्यहाँ कोरोना संक्रमणमुक्त हुनेको संख्या १ करोड ११ लाख ५१ हजार ४ सय ६८ छ। 

चैत ९, २०७७ सोमबार १६:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।