प्रचण्डलाई कमल थापाको आरोप : समर्थन फिर्ता नलिने लाजमर्दो राजनीति
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भूमिका प्रति कटाक्ष गरेका छन्।
थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आरोप लगाउने तर, सरकारलाई दिएको समर्थन कायम राख्ने लाजमर्दो राजनीति भनेका छन्।
२ पटक प्रधानमन्त्री भइसकेका प्रचण्डले केही दिनअघिसम्म एउटै पार्टीमा रहेका ओलीलाई वर्षौँदेखि विदेशीबाट पालित पोषित एजेन्ट भनेर आरोप लगाएको सुन्दा आश्चर्य लागेको थापाले उल्लेख गरेका छन्।
सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘यस्तो गम्भीर आरोप लगाउने तर, सकारलाई दिएको समर्थन कायम राख्ने ! लाजमर्दो राजनीति।’
चैत ९, २०७७ सोमबार १२:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।