एमाले वरिष्ठ नेता खनाल बाहेक चार नेतासँग स्पष्टीकरण माग 

एमाले वरिष्ठ नेता खनाल बाहेक चार नेतासँग स्पष्टीकरण माग 

काठमाडौँ : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल चार जना नेतालाई स्पष्टीकरण दिन पत्र बुझाएको छ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण दिन पत्र बुझाइएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

पत्र पार्टी केन्द्रीय कमिटीका तर्फबाट बुझाइएको उनले बताए। ‘संसदीय दलको कार्यालयबाट स्पष्टीकरण माग भएको होइन,’ उनले भने,‘पार्टीले पत्र बुझाएर स्पष्टीकरण मागेको हो।’

एमाले केन्द्रीय कमिटीको शनिवार बसेको बैठकले छुट्टै भेला र बैठक गर्ने नेपाल सहितका चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। अर्का वरिष्ठ नेता झलनाथ खनाललाई भने स्पष्टीकरण मागिएको छैन। 

चैत ९, २०७७ सोमबार १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।