राष्ट्रपति भण्डारीबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिलाई
बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा उनी दुई दिने भ्रमणका लागि बङ्गलादेश गएकाले राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।
नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुने सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबिच पर्यटन प्रवर्द्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहवाद ‘रेल रुट’ सञ्चालन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
यस्तै पशुपक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीन वटा बेग्लाबेग्लै समझदारी पत्रमा पनि हस्ताक्षर हुनेछ।
चैत ९, २०७७ सोमबार १०:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।