कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने

कांग्रेस पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने

पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा पछिल्लो राजनीतिक परिस्थिति र कांग्रेसको भूमिकाबारे छलफल हुने कांग्रेस नेताहरुले बताएका छन्।

नेताहरुका अनुसार बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने विषयमा माओवादी केन्द्र र जसपासँग भएको छलफलको समिक्षा हुनेछ। 

प्रतिनिधिसभाको बैठक भोली दिउँसो १ बजे बस्दैछ। नयाँ सत्ता समिकरणका बिषयमा दलहरुबिच छलफल भएपनि टुङ्गोमा पुगेको छैन।

चैत ९, २०७७ सोमबार १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।