सिलिन्डर पड्केर आगलागी, ६ जना घाइते 

सिलिन्डर पड्केर आगलागी, ६ जना घाइते 

आगलागीबाट होटेल सञ्चालक टिकाराम बस्नेत र ग्राहकहरू समेत ६ जना घाइते भएका छन्। घाइते मध्ये ३ जनाको कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ।  

झापा विश्वशान्तिघर भई हाल सल्लाघारी भक्तपुर बस्ने वर्ष १९ का आदित्य सुवेदी, भक्तपुर सुर्यविनायक कटुन्जे बस्ने वर्ष १७ का विकास पौडेल र वर्ष १६ का हिमुन्स थापाको कीर्तिपुरको बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको हो। आगलागीबाट २ वटा फ्रिज, १ थान ढोका र १ थान झ्याल जलेको छ।  

 

चैत ९, २०७७ सोमबार १०:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।