जनमत सम्मान चैत २८ गते प्रदान गरिने 

जनमत सम्मान चैत २८ गते प्रदान गरिने 

यस्तै केवलपुरे–जनमत सम्मान भागीरथी श्रेष्ठलाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान ठाकुरप्रसाद मैनालीलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिए। यस्तै कमला सैंजू–जनमत सम्मान रिता ताम्राकारलाई, जनमत–राजभाई सहयात्री सम्मान सोमकाजी शाक्यलाई प्रदान गरिनेछ। 

प्रतिष्ठानका अनुसार भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान लक्ष्मी भट्टराईलाई प्रदान गरिनेछ। जनमत–केदार/सुदर्शन बाल साहित्य सम्मान–यशु श्रेष्ठलाई, जनमत–सिची धर्म/संस्कृति सम्मान मुकुन्दप्रसाद उपाध्यायलाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान रामबहादुर पहाडीलाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. राजेन्द्र कोँजूलाई प्रदान गरिने भएको छ । 

त्यसै गरी २०७६ सालको दीपा–जनमत सम्मान ठाकुर बेलवासेलाई, गणेश/खिलकुमारी दुवाल जनमत सम्मान सुरेश किरण)लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान हरिराम जोशीलाई, जनमत–जनक प्रधान सेवा सम्मान नवराज पहाडीलाई प्रदान गरिनेछ। 

त्यसै गरी केवलपुरे जनमत सम्मान प्रा.डा. उषा ठाकुरलाई, जनमत–महेन्द्रलाल कलाकार सम्मान सरोजा खड्गीलाई, कमला सैंजू जनमत सम्मान सुलोचना मानन्धर धिताललाई, जनमत राजभाई सहयात्री सम्मान रिता पहारीलाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान सावित्री श्रेष्ठलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ। 

जनमत–केदार/सुदर्शन बाल साहित्य सम्मान छायादत्त न्यौपाने बगरलाई, जनमत–सिची धर्म/संस्कृति सम्मान प्रा.डा. रमेशचन्द्र अधिकारीलाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान डा. गोविन्दराज भट्टराईलाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान डा. सुमनराज ताम्राकारलाई प्रदान गरिने भएको छ । 

सम्मान जनमत प्रकाशनको ३७ औँ वार्षिकोत्सवका अवसरमा चैत्र २८ गते काभ्रेको बनेपामा आयोजना हुने कार्यक्रममा प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।

चैत ९, २०७७ सोमबार १०:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।