मंगलबार २४ चैत, २०८२
राष्ट्रपतिको भ्रमण दलमा ५४ जना सहभागी हुने
नेपाल एयरलाइन्सको न्यारो बडी ए ३२० जहाजमार्फत उनी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने तालिका छ।
राष्ट्रपतिको भ्रमण तालिका अनुसार उनले आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुई पक्षीय भेटवार्ता गर्नेछिन्। प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपतिको भ्रमण दलमा ५४ जना सहभागी हुने छन्।
चैत ९, २०७७ सोमबार ०७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।