एमाले विवाद उत्कर्षमा : भ्रातृ संगठनमा धमाधम समानान्तर कमिटी गठन गर्दै खनाल–नेपाल समूह
नरेश शाहीको नेतृत्वको उक्त कमिटीको सदस्य संख्या पाँच सयभन्दा बढी छ।
त्यसको एक दिनअघि उक्त समूहले जयन्ती राईको नेतृत्वमा अखिल नेपाल महिला संघको समानान्तर कमिटी गठन गरेको थियो।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय निर्णय गर्दै आफूहरूलाई पेल्न थालेको भन्दै खनाल–नेपाल समूहले भ्रातृ संगठनमा धमाधम समानान्तर कमिटी गठन गरिरहेको छ। उक्त समूहले पार्टीका सबै भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गर्ने एक नेताले जनाएका छन्। ती नेताका अनुसार भोलि अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको कमिटी गठन गरिनेछ।
पार्टी अध्यक्ष ओलीले आफूहरूलाई पेल्ने रणनीति लिएपछि समानान्तर कमिटी गठन गर्न बाध्य भएको ती नेताको दाबी छ।
यता, प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गुटगट तथा समूहगत गतिविधि गर्नेलाई कारबाही गर्ने बताइसकेका छन्।
उक्त समूहको संसदीय दलको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई गुटगत वा समूहगत गतिविधि गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णयसमेत गरिसकेको छ।
यसले एमाले विवाद झन् उत्कर्षमा पुग्ने देखिन्छ।
चैत ८, २०७७ आइतबार १७:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।