बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु 

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु 

काठमाडौं : बाँकेमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ। 

बाँके, नेपालगन्जस्थित भेरी अस्पतालका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–२१ की ६९ वर्षीया महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। 

ती महिलालाई कोरोना पुष्टि भएपछि अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो। 

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

चैत ८, २०७७ आइतबार १६:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।