कोरोनाका कारण साउदी अरबमा एक नेपालीको मृत्यु 

कोरोनाका कारण साउदी अरबमा एक नेपालीको मृत्यु 

काठमाडौं : कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट विदेशमा थप एक जनाको मृत्यु भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार साउदी अरबमा कोरोना संक्रमणबाट एकजना नेपालीको मृत्यु भएको हो। 

कोरोना संक्रमणका कारण हालसम्म २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको मृत्यु भइसकेको समितिले जनाएको छ। 

डा. सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ६१ हजार ७ सय ७३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत छ।
 

चैत ८, २०७७ आइतबार १३:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।