मंगलबार २४ चैत, २०८२
तोलामा ५ सय बढ्यो सुनको भाउ
काठमाडौं : नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रूपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ८७ हजार २ सय रूपैयाँ कायम भएको छ। हिजो यसको मूल्य तोलामा ८६ हजार ७ सय रूपैयाँ कायम थियो।
यस्तै, तेजाबी सुनको मूल्य पनि सोही दरमा बढेर ८६ हजार ७ सय ५० रूपैयाँ कायम भएको छ।
चाँदीको मूल्य भने तोलामा ५ रूपैयाँ बढेर १ हजार २ सय ८० रूपैयाँ तोकिएको सुनचाँदी व्यावसायी महासंघले जनाएको छ।
चैत ८, २०७७ आइतबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।