मंगलबार २४ चैत, २०८२
आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुने
स्याटेलाइटबाट लिइएको नेपालको तस्बिर। फाइल तस्बिर : मौसम पूर्वानुमान महाशाखा।
काठमाडौं : देशको पहाडी क्षेत्रका एक–दुई स्थानमा आज (आइतबार) चट्याङसहित हल्का वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ।
महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने उल्लेख छ।
आज राति पहाडी भूभागमा आंशिक बदली रहने र प्रदेश १ को पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुने मौसमविद्ले जनाएका छन्।
स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको बुलेटिनमा उल्लेख छ।
चैत ८, २०७७ आइतबार ०९:११:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।