कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई पनि नेपालमा अनुमति

कोरोनाविरुद्धको खोप ‘कोभ्याक्सिन’लाई पनि नेपालमा अनुमति

काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणविरुद्ध आपतकालीन प्रयोगको लागि ‘कोभ्याक्सिन’ खोपले पनि अनुमति पाएको छ। 

भारत बायोटेक इन्टरनेसनल लिमिटेडले उत्पादन गरेको यो खोपलाई शुक्रबार औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति दिएको हो। यो खोप पनि २ देखि ८ डिग्री सेल्सियस तापक्रममा राख्न सकिने बताइएको छ।

नेपालमा ‘कोभिसिल्ड’ खोपले प्रयोग अनुमति पाउनुका साथै प्रयोग पनि भएको छ। यो खोप अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको हो भने सेरम इन्स्टिच्युड अफ इन्डियाले उत्पादन गरेको हो। 

त्यसैगरी, चीनको बेइजिङ इस्न्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडको सिनोफार्मले उत्पादन गरेको ‘सार्स–कोभ–२ भ्याक्सिन (भेरो सेल), इनएक्टिभेटेडले पनि आपतकालीन प्रयोग अनुमति पाएको छ।

चीनले यो खोपकाे ८ लाख डोज अनुदानमा दिने भने पनि नेपाल भित्रिएको छैन।

चैत ६, २०७७ शुक्रबार २३:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।