महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त
तस्बिर : महान्यायधिवक्ता बडालको फेसबुकबाट।

काठमाडौं : सरकारले अधिवक्ता रमेश बडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेको छ।

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएपछि सरकारले उनको स्थानमा बडाललाई आज (शुक्रबार) नियुक्त गरेको हो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन्।

राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा १५७ (२) बमोजिम बडाललाई महान्यायधिवक्ता नियुक्त गरिएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले खरेलले दिएको राजीनामा आजै राष्ट्रपति भण्डारीले स्वीकृत गरेको जानकारी दिए। खरेलले शुक्रबार दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए। 

चैत ६, २०७७ शुक्रबार २०:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।