जाँच दिने १९ हजार, पास हुने २ हजार
काठमाडौँ : सशस्त्र प्रहरीको जवान पदमा १९ हजार पाँच सय जनाले लिखित परीक्षा दिएकोमा २ हजार २ सय २७ जना उत्तीर्ण भएका छन्। सशस्त्रले रिक्त रहेको प्रहरी जवान पदका लागि लिउको परीक्षामा २ हजार २ सय २७ जना परीक्षार्थी उत्तीर्ण भएका हुन्।
सशस्त्रले खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गरिने साधारण समूह र साधारण उपसमूहतर्फ जवान पदको लिखित परीक्षा लिएको थियो। सशस्त्र समाचार कक्षका अनुसार परीक्षामा
नेपालभरबाट १९ हजार ५ सय ३४ जना परिक्षार्थीहरु सहभागी थिए ।
सबै प्रदेशका परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षाको नतिजा शुक्रवार साँझ प्रकाशित हुँदा २ हजार २ सय जना मात्र उर्तिण भएका हुन्।
चैत ६, २०७७ शुक्रबार १९:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।