संसदमा तीन दलले मागे प्रधानमन्त्रीको राजीनामा, दुई दल मौन 

संसदमा तीन दलले मागे प्रधानमन्त्रीको राजीनामा, दुई दल मौन 

काठमाडौँ : प्रतिनिधि सभाको बैठक चैत १० गतेसम्मका लागि स्थगित भएको छ। संविधान सभा सदस्य एवं राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो। सभामुख अग्नि सापकोटाले अब अर्को बैठक चैत १० गते मङ्गलवार बस्ने गरी स्थगित गरे। 

बैठकमा आज संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई बोल्न दिइएको थियो। सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवाली, काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँड, माओवादी केन्द्रकी सांसद पम्फा भुसाल, जसपाका राज किशोर यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले बोले। 

सरकार र दलहरूले राजनीतिक समस्याका समाधान गर्ने थलो सदन नै भएको बताए। काँग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागे। जसपा र मजदुर किसान पार्टीले सरकारको आलोचना गरे पनि प्रधानमन्त्री ओलीको राजीनामा माग गरेनन्। दुई दल मौन बसे। 

चैत ६, २०७७ शुक्रबार १५:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।