सांसद रेसम चौधरीलाई राजबन्दीको व्यवहार गर्न जसपाको माग 

सांसद रेसम चौधरीलाई राजबन्दीको व्यवहार गर्न जसपाको माग 

काठमाडौँ : जनता समाजवादी पार्टीले सांसद रेसम चौधरीको रिहाइ सरकारको लेनदेनको विषय बन्न नहुने बताएको छ। प्रतिनिधि सभाको बैठकमा सांसद राज किशोर यादवले चौधरीको रिहाइलाई सर्तको रूपमा बुझ्नु नहुने बताए। 

चौधरीलाई राजबन्दीको व्यवहार गर्नुपर्ने उनको भनाई छ। ‘आन्दोलनमा सँगसँगै थियौ, उनले मन्त्रीलाई देखाउँदै भने, ‘तपाईँहरू जतिकै हैसियतमा सांसद भएको व्यक्तिलाई जेल हालिएको छ।’ उनले अहिले शक्तिमा रहेका मान्छे भोलि प्रतिपक्ष पर्न सक्ने बताए। उनले प्रतिपक्षलाई पेल्ने काम नगर्न सरकारलाई आग्रह गरे। 

भ्रष्टाचार बढेको भन्दै उनले भ्रष्टाचारका भएका क्लिन चिट दिएर कस्तो व्यवस्था, विधि अपनाउ खोजेको भने पनि प्रश्न गरे। उनले राजनीतिक समस्याको समाधान संसदबाटै खोज्नु पर्ने बताए। उनले जसपा पार्टीमा कुनै विवाद नरहेको भन्दै पार्टी एक ढिक्का रहेको बताए।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नैतिकताका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन माग गरिन्।

प्रधानमन्त्री ओलीको राजीनामा र पूर्व नेकपाको एकीकरण नै सही विकल्प हो,’ उनले भनिन्, ‘सदन मार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

चैत ६, २०७७ शुक्रबार १५:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।