महान्यायाधिवक्ता खरेलले दिए राजीनामा 

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा 

काठमाडौँ: महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन्। महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर राजीनामा दिएको उनले बताए। 

फागुन ११ गते सर्वोच्च अदालतले फैसला सुनाउने दिन खरेलले पदबाट राजीनामा दिएको समाचार आएपछि त्यसको उनले खण्डन गरेका थिए।  

चैत ६, २०७७ शुक्रबार १३:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।