पशु फार्ममा आगलागी हुँदा २० वटा गाई मरे
सप्तरी : सप्तरीको सप्तरी अग्नीसाईर कृष्ण सबरण गाउँ पालिकामा रहेको पशु फार्ममा आगलागी हुँदा २० वटा गाई मरेका छन्।
मनोज साह र दिनानाथ साहले सञ्चालन गरेको पशु फार्ममा करेन्ट सट भई आगो लाग्दा १८ वटा गाई र २ वटा बाछी मरेका प्रहरीले जनाएको छ।
गए राती आगलागी हुँदा गाई र अन्नपात समेत गरी ३१ लाख ३९ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। प्रहरीका अनुसार आगो निभाउने क्रममा दिनानाथ साह घाइते भएका छन्।
अहिले आगो पूर्ण रूपले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ।
चैत ६, २०७७ शुक्रबार ११:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।