ट्रकले ठक्कर दिदाँ ट्याक्टर चालकको मृत्यु
सप्तरी : सप्तरीको कंचनरुपमा ट्रकको ठक्करबाट ट्याक्टरका चालकको मृत्यु भएको छ। ना ६ ख ३४२५ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा ना ६ त ६१९९ नम्बरको ट्याक्टरका चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
गए राती साढे १ बजेको समयमा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा घाइते भएका बारा दक्षिण झिटकैयाका जलिल मियाँ मन्सुरीको उपचारका क्रममा मृत्यु भएको हो।
उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको सप्तरीका प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए। ट्रकका चालक भने फरार भएका छन्।
फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।
चैत ६, २०७७ शुक्रबार १०:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।