कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनमा एउटा मात्रै कार्यपत्र प्रस्तुत हुने

कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलनमा एउटा मात्रै कार्यपत्र प्रस्तुत हुने
फाइल तस्विर

काठमाडौँ : २९ औँ कानुन व्यवसायी महिला राष्ट्रिय सम्मेलन आज सुरु हुँदैछ।  ‘विषम परिस्थितिमा न्यायमा पहुँच र समानता कानुन व्यवसायी महिलाको प्रतिबद्धता’ भन्ने नाराका साथ सुरु हुने सम्मेलनको सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले उद्घाटन गर्ने कार्यक्रम छ। 

नेपाल बार एसोसिएसन महिला समितिले दिउँसो १ बजे भर्चुअल रूपमा गर्न लागेको सम्मेलनमा एउटा मात्रै कार्यपत्र प्रस्तुत हुने बार एसोसिएसनकी उपाध्यक्ष एवं महिला समितिकी अध्यक्ष रक्षा बस्यालले जानकारी दिइन। प्रा. डा. शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नेछन्। विषम परिस्थितिका कारण मोडालिटी परिवर्तन गरेर सम्मेलन गर्न लागेको उनले बताइन। 

सम्मेलनमा देशभरका महिला कानुन व्यवसायी, नेपाल बारका पदाधिकारी सबैलाई सहभागीताका लागि निमन्त्रणा गरिएको बस्यालले जानकारी दिइन। कानुन व्यवसायी महिला सम्मेलन हरेक वर्ष हुँदै आएको छ।

हरेक वर्ष मङ्सिरसम्म भइसक्नु पर्ने सम्मेलन कोरोना महामारीका कारण यो वर्ष ढिलो हुन लागेको हो। नेपाल बार एसोसिएसनको राष्ट्रिय सम्मेलन २०७८ जेठमा हुँदैछ। 

चैत ६, २०७७ शुक्रबार ०८:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।