प्रतिनिधि सभामा लोक सेवा र मानव अधिकार आयोगको प्रतिवेदन पेस गर्ने कार्यसूची
काठमाडौँ : प्रतिनिधि सभा बैठकमा लोक सेवा र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेस हुँदैछ।
दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।
बैठकमा संविधान सभाका सदस्य एवं पूर्व राष्ट्रियसभाका सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचीसमेत रहेको सचिवालयले जनाएको छ।
सर्वोच्च अदालतले विघटनको निर्णय बदर गरेसँगै प्रतिनिधिसभा पुनःस्थापनापछि तीन वटा बैठक बसेका छन्। सरकार र राजनीतिक दलहरूबिच विवाद बढ्दै जाँदा संसद् बैठक उपलब्धि विहीन हुँदै आएको छ।
चैत ६, २०७७ शुक्रबार ०८:१९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।