सरकारले लोकतान्त्रिक योद्धालाई सम्मान गर्न ७७ जिल्लामा समिति गठन गर्ने

सरकारले लोकतान्त्रिक योद्धालाई सम्मान गर्न ७७ जिल्लामा समिति गठन गर्ने

काठमाडौँ : सरकारले लोकतान्त्रिक योद्धा सम्मान समिति ७७ जिल्लामा गठन गर्ने निर्णय गरेको छ।

जनआन्दोलन, जनयुद्धका घाइते अपाङ्गता भएकाहरूको लगत सङ्कलन गर्न समिति स्थापना गर्ने निर्णय गरेको खानेपानी मन्त्री मणि थापाले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बन्ने ३ सदस्यीय समितिले लगत सङ्कलन गरेर सम्मान गर्ने थापाले बताए। मन्त्री थापाका अनुसार आज बसेको मन्त्रीपरिषद् बैठकले लोकतान्त्रिक योद्धा सम्मान गर्ने निर्णय गरेको हो। 

चैत ५, २०७७ बिहीबार २०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।