ओली सरकारलाई हटाउनु पर्छ : काँग्रेस नेता सिंह
काठमाडौँ : नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई हटाउनु पर्ने बताएका छन्। जनताले कम्युनिस्टलाई म्यान्डेट दिएपनि कम्युनिस्ट सरकार असफल भएको नेता सिंहको भनाई छ।
उनले अहिलेको अवस्थामा मुलुकलाई निकास दिन काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने बताए। काठमाडौँ २९ घट्टेकुलोस्थित प्रहरी बिट उद्घाटन गर्दै नेता सिंहले वर्तमान अवस्थामा सरकारको नेतृत्व काँग्रेसले गर्नुपरे पनि पछि हट्न नहुने बताए।
५ वर्षको म्यान्डेट पाएको दलले सरकार चलाउन नसकेको वर्तमान अवस्थामा अर्को सरकार बनाएर बाकी समयमा निर्वाचनको तयारी गर्नुपर्ने धारणा नेता सिंहले राखे। नेता सिंहले राजनीतिलाई सेवा भन्दा पनि स्वार्थ केन्द्रित गर्दा जनतामा निराशा छाएको बताए।
चैत ५, २०७७ बिहीबार १९:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।