तत्काल गाडी भाडा बढ्ने सम्भावना छैन : मन्त्री नेम्वाङ

तत्काल गाडी भाडा बढ्ने सम्भावना छैन : मन्त्री नेम्वाङ

काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले तत्काल गाडी भाडा बढ्ने सम्भावना नरहेको बताएका छन्।

यातायात व्यवसायीले भाडा समायोजन गर्न माग गरे पनि सरकार तत्काल भाडा बढाउने तयारीमा नरहेको मन्त्री नेम्वाङले बताए।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अनुसार समय समयमा भाडा वृद्धि भइरहेकाले माग गर्ने बित्तिकै भाडा नबढ्ने उनले बताए। ‘अहिलेको मूल्यवृद्धि अनुसार भाडा समायोजन गर्ने माग व्यवसायीको छ,’ उनले उकेरासँग भने,‘व्यवसायीको मागमा छलफल गर्छौ।’

यातायात व्यवसायीले चैत महिना भित्रै गाडी भाडा बढाउन सरकारलाई भनेका छन्। यस्तै पुराना गाडी व्यवस्थापन गर्न पनि उनीहरूले सरकारसँग राहत माग गरेका मन्त्री नेम्वाङले बताए। 

चैत ५, २०७७ बिहीबार १६:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।