कोइरालाको निधनले निष्ठावान् नेता गुमायौ : काँग्रेस
काठमाडौँ : नेपाली काँग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको निधनबाट काँग्रेसले एक अग्रज र निष्ठावान् नेतृत्वलाई गुमाएको बताएको छ।
संविधान सभा सदस्य एवं विराटनगरका पूर्व प्रमुख अशोक कोइरालाको ७७ वर्षको उमेरमा विराटनगर स्थित न्युरो अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
स्वर्गीय कोइरालाले प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहँदा ७ वर्ष जेल जीवन बिताएका थिए। स्वर्गीय कोइराला नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालाका भाइ हुन।
कोइरालाको निधनप्रति दुख व्यक्त गर्दै काँग्रेस सभापति शेरबहादुर देउवाले उनको निधनबाट सिङ्गो नेपाली काँग्रेसले एक असल र निष्ठावान् अग्रज व्यक्तित्वसँगै मोरङको भूगोलले एक सरल राजनीतिकर्मी गुमाएको उल्लेख गरेका छन्।
यस्तै काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले कोइरालाको निधनले स्तब्ध बनाएको बताएका छन्। शोक वक्तव्य निकालेर खाँडले कोइरालाको निधनले नेपाली काँग्रेसलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन्।
चैत ५, २०७७ बिहीबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।