काँग्रेस मोरङका पूर्व सभापति कोइरालाको निधन 

काँग्रेस मोरङका पूर्व सभापति कोइरालाको निधन 

काठमाडौँ : नेपाली काँग्रेस मोरङका पूर्व सभापति अशोक कोइरालाको निधन भएको छ। संविधान सभाका सदस्य एवं राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष समेत रहेका कोइरालाको गएराती १ बजे निधन भएको हो।

श्वासप्रश्वासमा समस्या देखिएपछि न्युरो अस्पतालमा भर्ना भएका कोइरालाको उपचारकै क्रममा निधन भएको हो। उनी विराटनगर उपमहानगरपालिकाका संस्थापक मेयर समेत हुन्।

नेपाली काँग्रेस महासमिति सदस्य रहेका कोइराला २०४८ सालको स्थानीय निर्वाचनबाट विराटनगर उपमहानगरको पहिलो मेयरमा निर्वाचित भएका थिए।

कोइराला पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाका सहोदर भाइ हुन्। कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन्।

चैत ५, २०७७ बिहीबार ०९:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।