चोरी भएका ३ वटा मोटरसाइकल सहित ५ जना पक्राउ
काठमाडौँ : प्रहरीले काठमाडौँको बौद्ध, जडीबुटी र नागढुङ्गाबाट चोरी भएका ३ वटा मोटरसाइकल बरामद गरेको छ।
बौद्ध सरस्वती नगरबाट प्रदेश नं ३-०२-००६ प ५१५४ नम्बरको खैरो रङ्गको अपाच्य मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चोरीमा संलग्न भएको शङ्कामा बौद्ध प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै कोटेश्वर जडीबुटीबाट बा ८२ प ४१८ नम्बरको स्कुटी प्रहरीले बरामद गरेको छ। स्कुटी चोरीमा संलग्न भएको आरोपमा कोटेश्वर प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यस्तै ठमेलबाट चोरी भएको बागमती प्रदेश ०२-०२४ प ५१५८ नम्बरको मोटरसाइकल नागढुङ्गामा बरामद भएको छ। नागढुङ्गामा प्रहरीको चेक जाँच गर्ने क्रममा मोटरसाइकल चोर भने भागेको प्रहरीले जनाएको छ।
चैत ५, २०७७ बिहीबार ०८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।