खनाल-नेपाल समूहको कार्यकर्ता भेला आज सकिँदै
काठमाडौँ : नेकपा एमाले झलनाथ खनाल र माधवकुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिदैछ। ललितपुर सानेपाको हेरिटेज गार्डेनमा हिजोदेखि सुरु भएको भेला आज सकिने नेताहरूले बताएका छन्।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले विधान विपरीत खनाल-नेपाल पक्षका नेताको जिम्मेवारी खोसेर केन्द्रीय कमिटीमा मनोनयन गरेपछि खनाल-नेपाल समूहले भेला गरेको हो।
भेलामा पुराना वामपन्थी नेताहरू समेत सहभागी भएका छन्। भेलामा सहभागीहरूले ओली स्वेच्छाचारी, गुटवादी र अंहकारी भएको आरोप लगाएका छन्।
भेलामा वरिष्ठ नेता नेपालले प्रस्तुत गरेको कार्यपत्रमा ओलीले राजीनामा दिनुपर्ने र कार्यवाहक नेतृत्वको तयारी गर्नुपर्ने विकल्प उल्लेख गरिएको छ।
चैत ५, २०७७ बिहीबार ०७:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।