सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध उजुरी आव्हान 

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीविरुद्ध उजुरी आव्हान 
फाइल तस्विर

काठमाडौँ : सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस न्यायाधीशको सुनुवाइ प्रक्रिया सुरु भएको छ। संसदीय सुनुवाइ समितिको बिहान बसेको बैठकले सुनुवाइ प्रक्रिया सुरु गर्ने निर्णय गरेको हो। 

न्याय परिषद्को फागुन २८ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। समितिले न्यायाधीशविरुद्ध सार्वजनिक उजुरी आव्हान गरेको छ। 

प्रस्तावित न्यायाधीशहरुबिरुद्ध भोलिदेखि १० दिनसम्म उजुरी दिन सकिनेछ। नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा आधार एवं प्रमाण खुलाएर १० दिनभित्र उजुरी दिन भोलि सूचना प्रकाशित हुने समितिले जनाएको छ। 

चैत ४, २०७७ बुधबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।