काँग्रेस नेता जोशीको अवस्था गम्भीर 

काँग्रेस नेता जोशीको अवस्था गम्भीर 
फाइल तस्विर

काठमाडौँ : नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको नर्भिक अस्पतालले जनाएको छ। जोशीको हाल भेन्टिलेटरमा उपचार जारी राखिएको छ।

फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो। केही दिनको उपचारपछि जोशीको अवस्थामा सुधार आएको थियो। 

अस्पतालले विज्ञप्ति निकालेर जोशीलाई हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराएको छ। उनको अहिलेको अवस्था गम्भीर रहेको नर्भिक अस्पतालको प्रमुख–कर्पोरेट कम्युनिकेसन एन्ड पिआर डिपार्टमेन्टका सोमनाथ बास्तोलाले जानकारी दिए। 

‘हिजो बिहान जोशीको स्वास्थ्यमा समस्या आएको थियो, दिउँसो अलि सुधार भयो,’उनले उकेरासँग भने,‘बेलुकीदेखि फेरी समस्या आएको छ।’ उनले जोशीको स्वास्थ्य अवस्था क्रिटिकल रहेको बताए।  

चैत ४, २०७७ बुधबार ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।