सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया सुरु हुँदै 

सर्वोच्चको न्यायाधीशमा सिफारिस चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया सुरु हुँदै 
फाइल तस्विर

काठमाडौँ : सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस न्यायाधीशको सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ।

संसदीय सुनुवाइ समितिको बिहान साढे ११ बजे बस्ने बैठकमा सुनुवाइको प्रक्रिया सुरु गर्ने विषयमा छलफल हुने समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए। 

न्याय परिषद्को फागुन २८ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा कुमार चुडाल र नहकुल सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। चुडाल र सुवेदीको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्न लागेको कर्णले बताए। 

चैत ४, २०७७ बुधबार ०८:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।