आजदेखि खनाल-नेपाल समूहको राष्ट्रिय भेला सुरु हुँदै

आजदेखि खनाल-नेपाल समूहको राष्ट्रिय भेला सुरु हुँदै
फाइल तस्विर

काठमाडौँ : नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला ललितपुरको सानेपाको एक पार्टी प्यालेसमा आज बिहान ११ बजेदेखि सुरु हुँदैछ। भेला  भोलिसम्म चल्नेछ।

भेलामा पार्टी केन्द्रीय कमिटीदेखि स्थानीय निकायका पदाधिकारीसम्म सहभागी हुने खनाल-नेपाल समूहले जनाएको छ।केन्द्रीय कमिटीका तर्फबाट भेलामा प्रस्तुत हुने अवधारण पत्रमाथि छलफल गरिनेछ।

सर्वोच्च अदालतको परमादेशपछि ब्युँतिएको नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी बैठक राखेर खनाल-नेपाल पक्षीय नेताहरूको पद खोसेपछि एमालेभित्रको विवाद फुटतर्फ अघि बढेको छ।

अध्यक्ष ओलीले भने खनाल-नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। 

चैत ४, २०७७ बुधबार ०८:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।