काँग्रेस नेता जोशीको ‘डेथ’ भएको छैन : डा. झा
काठमाडौँ : नेपाली काँग्रेसका नेता नवीन्द्र राज जोशीको स्वास्थ्यमा सुधार हुन नसकेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
जोशीलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको र स्वास्थ्य अवस्था गम्भीर रहेको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले बताए।
डा. झाका अनुसार बाहिर आएजस्तो जोशीको डेथ नभएको बताए। ‘बाहिर आएका हल्लामा सत्यता छैन,’ झाले भने, ‘अवस्था गम्भीर भए पनि डेथ नै भने भएको छैन।’
जोशीको फोक्सो र मुटुको चाल अहिले सम्म स्थिर रहेको छ। जोशीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
चैत ४, २०७७ बुधबार ०७:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।