पेट्रोल, डिजेलको भाउ बढ्यो, ग्यासको पुरानै

पेट्रोल, डिजेलको भाउ बढ्यो, ग्यासको पुरानै

काठमाडौँ : नेपाल आयल निगमले आज बेलुका १२ बजेबाट लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।

उसले पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको हो। निगमले निकालेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा २–२ रुपैयाँले मूल्य बढेको छ। 

नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय १८ रुपैयाँ पुगेको। डिजेल र मट्टितेलको १ सय १ रुपैयाँ पुगेको छ। 

हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर २ रुपैयाँ बढेर ७४ रुपैयाँ प्रतिलिटर पुगेको छ। 

ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जानकारी दिएको छ। 

 

चैत ३, २०७७ मंगलबार २१:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।