सर्वदलीय बैठकमा प्रचण्ड गए, माधव नेपाल गएनन्

सर्वदलीय बैठकमा प्रचण्ड गए, माधव नेपाल गएनन्

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सहित तीन नेता सहभागी भए पनि नेकपा एमालेका माधव नेपाल समूहबाट कुनै नेता सहभागी भएनन्।

राष्ट्रपति निवासमा प्रचण्ड नारायणकाजी श्रेष्ठ र देव गुरुगंसहित पुगिसकेका छन्। एमालेका नेपाल समूहले भने सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेका छन्। उता एमालेको तर्फबाट प्रधानमन्त्री केपी ओली आफ्नो समूहका नेता ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल र रामबहादुर थापा बादललाई लिएर पुगिसकेका छन्।

प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँगै रामचन्द्र पौडेल, विमलेन्द्र निधि र शशाङ्क कोइराला सर्वदलीय बैठकमा सहभागी भएका छन्।

जनता समाजवादीको तर्फबाट महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो सहभागी भए। डा बाबुराम भट्टराई गएनन्। जनमोर्चाका चित्रबहादुर केसी,राप्रपाबाट डा प्रकाशचन्द्र लोहनी सर्वदलीय बैठकमा सहभागी भए। कमल थापा र पशुपति शमशेर राणा भने गएनन्।

नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी भएका छन्। कुनै दलमा संलग्न नभए पनि सर्वदलीय बैठकमा मन्त्रिपरिषद्का पूर्व अध्यक्षको हैसियतमा खिलराज रेग्मी पनि सहभागी छन्।

चैत ३, २०७७ मंगलबार १७:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।