माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने 

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने 

काठमाडौँ : नेकपा माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ। त्यस्तै बैठकले सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने निर्णय पनि गरेको छ। 

सिंहदरबारमा आज बसेको बैठकले संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमलाई सर्वोच्चले नै उल्टाई दिएको अवस्थामा प्रधानमन्त्री पदमा रहन नमिल्ने ठहर गरेको सांसद वर्षमान पुन अनन्तले जानकारी दिए। उनले सरकारलाई दिएको समर्थन फिर्ता लिने बारेमा भने कुनै छलफल नभएको बताए।

त्यस्तै माओवादी केन्द्रका ६ जना सांसद अर्को दलमा गएको भन्ने विषयमा आफ्नो धारणा पेस गर्न पत्राचार गर्ने निर्णय भएको जानकारी दिए।

त्यस्तै बैठकले पुष्प कमल दाहाल प्रचण्डलाई दलको नेता र देव गुरुङलाई मुख्य सचेतकमा कायमै राख्ने निर्णय भएको पुनले बताए। 

चैत ३, २०७७ मंगलबार १४:२०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।