हत्या गरी बोरामा शव

हत्या गरी बोरामा शव

काठमाडौँ : काठमाडौँको बल्खु पुल नजिकै एक जना महिलाको हत्या भएको छ। काठमाडौँ महानगरपालिका वडा नं १४ बल्खु पुल नजिकैको सुकुम्वासी बस्ती छेउमा अन्दाजी २६/२७ वर्षकी सन्तोषी श्रेष्ठ सापकोटाको हत्या भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अनुसार हत्या गरेर बोरामा शव फालेको अवस्थामा गएराती सुकुम्वासी बस्ती छेउ नजिकै फेला परेको हो। उनको शवलाई पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ।

हत्यामा संलग्नको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ। हत्यामा उनकै श्रीमानको संलग्नता हुन सक्ने आशङ्का प्रहरीले गरेको छ। सन्तोषीका श्रीमान् फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। 

चैत ३, २०७७ मंगलबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।