सोमबार २३ चैत, २०८२
लहान मालपोतमा बिस्फोट आरोपमा एकजना पक्राउ
सांकेतिक तस्बिर।
काठमाडौं : सिरहाको लहानस्थित मालपोत कार्यालयमा बिस्फोट गराएको आरोपमा सुरक्षाकर्मीले एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीले आज साँझ शंकास्पद एकजनालाई पक्राउ गरेको बताए। उनले पक्राउ परेका व्यक्तिको नाम खुलाउन चाहेनन्।
मालपोत कार्यालयमा आइतबार भएको बम बिस्फोटमा आठजना घाइते छन्। तीमध्ये गम्भीर घाइते दिनेश भण्डारीको काठमाडौंको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
चैत २, २०७७ सोमबार २२:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।