कैलालीमा ५७० मिलिग्राम खैरो हिरोइनसहित युवक पक्राउ

कैलालीमा ५७० मिलिग्राम खैरो हिरोइनसहित युवक पक्राउ

काठमाडौं : कैलालीको धनगढीमा ५ सय ७० मिलिग्राम खैरो हिरोइनसहित युवक पक्राउ परेका छन्। 

जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार खैरो हिरोइनसहित पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–३, बोराडाँडीका २५ वर्षीय अशोक पाल छन्। 

सोही वडाको चटकपुर सडकखण्डमा शंकास्पदरूपमा हिँडिरहेका पालको शरीर खानतलास गर्दा खैरो हिरोइन भेटिएको प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

उनीविरुद्ध लागुऔषध मुद्दासमेत दर्ता गरिएको र अनुसन्धानका लागि जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। 

चैत २, २०७७ सोमबार २१:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।