सोमबार २३ चैत, २०८२
प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता
तस्बिर : नेपाली सेना।
काठमाडौं : प्रधानसेनापती पूर्णचन्द्र थापा र पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच आज (सोमबार) भेटवार्ता भएको छ।
सैनिक मुख्यालय जंगी अड्डामा भएको भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
यस किसिमका छलफलले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने सेनाले विश्वास लिएको छ।
चैत २, २०७७ सोमबार २१:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।