सोमबार २३ चैत, २०८२
राष्ट्रपतिले बोलाइन् सर्वदलीय बैठक
काठमाडौँ : सरकार सङ्कटमा पर्दै गएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्रीहरूसहित सर्वदलीय बैठक बोलाएकी छन् ।
शीतल निवास स्रोतका अनुसार राष्ट्रपतिले मङ्गलवार दिउस ४ बजे पूर्व प्रधानमन्त्री र संसद्मा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई शीतल निवासमा निमन्त्रणा गरेकी हुन्।
नेकपामा किचलो बढेको बेलामा सक्रिय रहेकी राष्ट्रपतिले पछिल्लो समय दलका नेताहरूसँग भेटघाट बन्द गरेकी थिइन्। आइतबार राष्ट्रपति र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको थियो।
चैत २, २०७७ सोमबार २०:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।