प्रतिनिधिसभाको बैठक भोलि बस्ने, दुई बुँदे कार्यसूची
काठमाडौं : प्रतिनिधिसभाको सातौं अधिवेशनअन्तर्गत तेस्रो बैठक भोलि (मंगलबार) दिउँसो १ बजे बस्ने भएको छ।
बैठकमा अध्यक्षता गर्ने सदस्यको मनोनयन र शोक प्रस्ताव पेस गर्ने कार्यसूची रहेको संघीय संसद्को सचिवालयले जनाएको छ।
यसअघि प्रतिनिधिसभाको सातौं अधिवेशनअन्तर्गत पहिलो बैठक फागुन २३ र दोस्रो बैठक फागुन २६ गते बसेको थियो।
पहिलो बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टीको अवरोधका कारण स्थगित भएको थियो भने दोस्रो बैठक शोक प्रस्ताव पारित भएर स्थगित भएको थियो।
सिंहदरवारस्थित संघीय संसद् सचिवालयमा सम्पन्न आज सम्पन्न प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भोलिको प्रतिनिधिसभा बैठकमा पेस गर्ने कार्यसूचीमा सहमति जुटेको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
चैत २, २०७७ सोमबार १९:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।