बङ्गलादेश भ्रमणमा जान राष्ट्रपति भण्डारीले लगाइन् कोरोना विरुद्धको खोप
काठमाडौँ : बङ्गलादेशको भ्रमण निश्चित भएपछि राष्ट्रपति विद्या भण्डारीले आज कोरोना भाइरस विरुद्धको खोप लगाएकी छिन्। प्रधानमन्त्रीसहित सांसदहरूले खोप लगाए पनि उनले भने खोप लगाएकी थिइनन्।
सोमबार उनी महाराजगन्जस्थित त्रि वि शिक्षण अस्पताल पुगेर कोरोना विरुद्धको खोपको पहिलो डोज लगाएकी हुन्।
खोप लगाउन जानेक्रममा उनले विदेश जान आफूले खोप लगाएको बताए पनि कहाँको भ्रमण हो भन्ने खुलेको थिएन।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति बङ्गलादेश भ्रमणमा जाने तय भइसकेको छ। मिति नतोकिएकाले भ्रमणबारे सार्वजनिक भने गरिएको छैन।
‘उहाँ बङ्गलादेश जाने निश्चित भइसकेको छ,’ स्रोतले भन्यो‘चैत दोस्रो सातामा भ्रमण हुन सक्छ।’
चैत २, २०७७ सोमबार १८:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।